राष्ट्रिय परीक्षा बोर्डले  बुधबार एसईई पूरक परीक्षाको सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ। 

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड प्राप्त गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । साथै २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन  सक्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि परीक्षा सन्चालन  हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो। परीक्षामा सहभागी हुनले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

एसईई पूरक(Re-Exam) परीक्षा साउन २६ देखि (तालिकासहित)