Wednesday, July 22, 2015

Sparrow SMS - एक अती आवश्यक एप जस्ले तपाईंँलाई आवश्यक सेवाहरु एउटै स्थानबाट प्रदान गर्छ

with 0 Comment
गत महिना Google Play Store मा ल्याइएको Sparrow SMS एपले एक महिनाको समयमा नै हजारौंँ प्रयोगकर्ताहरु मांझ पुग्न सफल भएको छ | यस् एपको प्रमुख लक्ष नै प्रयोगकर्ताहरुलाई सम्पूर्ण आवश्यक सेवा तथा सुविधाहरु एकै ठाउँबाट प्रदान गर्नु हो।

एप डाउन्लोड गर्नको लागि: sparrowsms.com/android मा जानुहोस्

यस् एपले प्रदान गर्ने केही महत्वपूर्ण सुविधाहरु यस् प्रकार छन:

१) यस् एपबाट विभिन्न उमेर, पेशा र क्षेत्रका प्रयोगकर्ताहरुलाई विभिन्न किसिमका सेवाहरु मिल्छ। ती मध्ये पाइने केही आवश्यक सुविधाहरुमा, परिक्षा नतिजा, परराष्ट्र मन्त्रालयले प्रदान गर्ने सेवाहरु, लोड्शेडिङ तालिका, दैनिक वस्तुहरुको भाउ, शेयर बजारको ताजा जानकारी, समाचार र मनोरन्जन पर्दछन। यस्ले गर्दा  सेवाको लागि छुट्टा-छुट्टै एप डाउनलोड गर्नुपर्दैन |



२) यस् एप दुवै माध्यमबाट सेवा प्रदान गर्न सक्छ। जस्तै, यदी तपाईंं Data/Wi-Fi मा हुनुहुन्छ भने Data/Wi-Fi बाट नै सेवा पाउनुहुन्छ र यदी तपाईंं Data/Wi-Fi मा हुनुहुन्न भने , SMS बाट सेवा पाउनुहुन्छ। यस्ले गर्दा  तपाईंँले जस्तो सुकै अवस्थामा पनि सेवा प्रयोग गर्न सक्नुहुन्छ।

३) यस् एप मोबाइलको लागि पनि निकै सहज छ। यसलाई धेरै अप्डेटहरु चहिँदैन। तपाईंँ इनटरनेटमा हुनुहुन्छ भने, यस् एपले नयाँ सुविधाहरु आफै लिन्छ र तपाईंँले तुरुन्तै ती सेवाहरु प्रयोग गर्न सक्नुहुन्छ।

एप डाउन्लोड गर्नको लागि: sparrowsms.com/android मा जानुहोस् | हामीलाई तपाईंँको सुझावको आवश्यक्ता छ !

0 comments:

Post a Comment

Download Khalti TODAY!

Labels