Thursday, March 3, 2016

EPS को परिक्षा असार मा हुने सम्भावना

with 0 Comment
नतिजा आफ्नो मोबाईल मा पाउन EPS<Space>Registration Number लेखी ३४००१ मा पठाउनुहोस् नतिजा प्रकाशित भए पछी मात्र SMS गर्नुहोला । 

सातौं कोरियन भाषा परीक्षा असारमा हुने भएको २०७३ साल भदौमा गर्ने तयारी भएपनि मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि इपिएस कोरिया शाखाले त्यसै अनुसार तयारी गरिरहेको शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो एचआरडी कोरियाले ले सबै देशको कामदार लाई असार भित्रै परीक्षा गर्ने तयारी गरेकाले नेपालमा पनि असारमै परीक्षा गर्न हुने भएको हो परीक्षा हुने दिन अहिले तोकिएको छैन



यो बर्ष बाट अनलाईन फर्म सुचारु गर्ने निर्णय गरेको भएपनि परिक्षा असार मा सञ्चालन हुने भएकोले अनलाईन फर्म यो बर्ष कार्यान्वयन नहुने भएको
पहिलेकै प्रक्रियाबाट फारम लिइने अनलाइनबाट फारम भर्न नपाउने निर्देशक बाँस्तोलाले बताउनुभयो अनलाइन मार्फत फारम भर्ने तयारी नपुगेकाले यो वर्ष अनलाइनमार्फत फारम भराउन नसकिएको हो

विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा परीक्षा फारम भर्न पाइन्थ्यो तर आउँदो सातौं भाषा परीक्षामा दरखास्त दिन एमआरपी अनिवार्य गरिएको इपिएस कोरिया शाखाले जनाएको  कोरियन भाषा परीक्षाको दरखास्त फारम भर्दा उल्लेख गरेको नाम, थरको शब्द फरक पर्ने गरेको, दरखास्त फारममा उल्लेख गरेको जन्म मिति भाषा परीक्षा उत्तीर्ण भएपछि रोजगार आवेदन फारम भर्दा पेस गरेको राहदानीमा उल्लेख भएको नाम, थर, जन्ममिति लगायतको व्यक्तिगत विवरण फरक परेको कारणले सयौं युवा भाषा परीक्षा उत्तीर्ण भएर पनि कोरिया जानबाट वञ्चित हुनु परेको कारण पहिल्यै पासपोर्ट अनिवार्य गरिएको उहाँले जानकारी दिनुभयो । 


नतिजा आफ्नो मोबाईल मा पाउन EPS<Space>Registration Number लेखी ३४००१ मा पठाउनुहोस् । 
यो जानकारी को लागी मात्र हुनेछ, आधिकारीक नतिजा EPS Nepal ले मात्र प्रदान गर्छ । 

0 comments:

Post a Comment

Download Khalti TODAY!

Labels