NEB RESULT

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने परीक्षार्थीहरूको ग्रेड वृद्धि परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा समयः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म क्र.सं.                    मिति                                     विषय १. २०७६ साल भदौ २२ गते आइतबार     ·         अनिवार्य अङ्ग्रेजी (००४) ·         एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय ·         दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय   २.   २०७६ साल भदौ २३ गते सोमबार   ·         दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय    

NEB RESULT

कक्षा १२ को ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू र फाराम बुझाउने सम्बन्धित कार्यालयहरू

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई मिति २०७६/०४/१३ गते प्रकाशित नतिजामा तपसिलमा उल्लिखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुदा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमका स्थानहरूमा विद्यालयमार्फ त्मिति २०७६ भदौ २ गतेभित्र रकम बुझाई मिति २०७६ भदौ ५ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ ।    (क) ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू ः १. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लोग्रेड प्राप्त गरी बाकी बढीमा दुई विषयमा मात्र C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्। २. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन्। ३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। ४. शैक्षिक योग्यताका प्रमाणपत्र(TMT) लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछैनन्। यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । ५. ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००।– (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ । ६. परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा धभदकष्तभ बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नु पर्नेछ ।   (ख) फाराम बुझाउने सम्बन्धित कार्यालयहरू ः १. ताप्लेजुङ, पाचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ । २. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा । ३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा । ४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । ५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं । ६. गोरखा, लमजुङ, तनहु, कास्की, स्याङ्ग्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की । ७. गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखा“ची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही । ८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ । ९. बा“के र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाके । १०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । ११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली । १२. बाजुरा, बझा·, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा |

NEB Class 12 Supplementary Result Published in 35001

NEB class 12 supplementary result 2075 has been published in 35001. After the official meeting at NEB, Sanothimi – it has officially been announced that the results for NEB supplementary exams 2075 have been published. Results are live now and are available through Sparrow SMS. View your NEB Grade 12 Supplementary result 2075 by following the below-mentioned steps: Go through your message box Compose the new message Type NEB <space> Symbol Number Send SMS to 35001 Best of luck to all the NEB exam appeared students from Sparrow SMS and Khalti family!    

NEB Class 12 Supplementary Exam Result Coming Today in 35001

The long-awaited result of NEB Class 12 Supplementary/Compart Examinations is about to be published today. The National Examination Board(NEB) has confirmed this news. The students who are eagerly waiting for the results can check via SMS. Remember, the results are not published yet so send SMS only after NEB officially announces the result. To view your NEB class 12 supplementary result 2075, follow the below mentioned steps: Go through your message box Compose the new message Type NEB <space> Symbol Number Send SMS to 35001 Best of luck to all the NEB exam appeared students from Sparrow SMS and Khalti family!