NEB RESULT

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई मिति २०७६/०४/१३ गते प्रकाशित नतिजामा तपसिलमा उल्लिखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुदा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमका स्थानहरूमा विद्यालयमार्फ त्मिति २०७६ भदौ २ गतेभित्र रकम बुझाई मिति २०७६ भदौ ५ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ ।

 

 (क) ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू

१. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लोग्रेड प्राप्त गरी बाकी बढीमा दुई विषयमा मात्र C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्।

२. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन्।

३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्।

४. शैक्षिक योग्यताका प्रमाणपत्र(TMT) लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछैनन्। यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ ।

५. ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००।– (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ ।

६. परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा धभदकष्तभ बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नु पर्नेछ ।

 

(ख) फाराम बुझाउने सम्बन्धित कार्यालयहरू

१. ताप्लेजुङ, पाचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ ।

२. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा ।

३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा ।

४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर ।

५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं ।

६. गोरखा, लमजुङ, तनहु, कास्की, स्याङ्ग्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की ।

७. गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखा“ची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही ।

८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ ।

९. बा“के र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाके ।

१०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।

११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली ।

१२. बाजुरा, बझा·, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा |

Leave a comment

Your email address will not be published. Required fields are marked *